समाज

राई अन्तर्राष्ट्रिय ट्रेड युनियनमा निर्वाचित

इकागज |
असोज २९, २०८१ मंगलबार ७:५७ बजे

ईन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशन नेपालका अजय कुमार राईलाई आगामी पाच वर्ष अर्थात सन २०२९ सम्मका लागि विश्व कार्य समिती सदस्य पदमा पुनः निर्वाचित गरेको छ । विश्व स्तरमा यातायात तर्फको ट्रेड युनियन क्षेत्रमा चिनिएको १२८ वर्ष अगाडि स्थापीत यस फेडेरेशनको सन २०१८ मा सिंगापुरमा सम्पन्न वर्ल्ड कांगे्रसमा पहिलो पटक नेपाल बाट राई नै विश्व कार्य समिती सदस्यमा निर्वाचित भएका थिए ।

अक्टोबर १३ बाट शुरु भएको बेलायतको ४६ औ वल्र्ड कांगे्रसको ईलेक्टोरल बैठकले पुनः निर्वाचित गरेको हो ।लण्डनमा मुख्यालय रही १४९ देशमा सन्जाल रहेको करीब दुई करोड सदस्य रही समग्र यातायात क्षेत्र नागरिक उडडयन , पानिजहाज , रेल्वे , सडक , बन्दरगाह , पर्यटन , शहरी यातायात गरि नौ क्षेत्रका श्रमिकहरु समावेश भएको र विश्वभरका ७५० भन्दा बढी श्रमिक संगठनहरु यस फेडेरेशन संग आबद्ध रहेका छन ।


फेडेरेशनले यातायात क्षेत्रका श्रमिकहरुको लागि विश्वस्तरमा अन्र्तराष्ट्रिय श्रमिक संगठन ( आई. एल. ओ. ) , आईकाओ जस्ता संस्थाहरु संग सहकार्य गर्दै अन्र्तराष्ट्रिय कानुन बनाउने , श्रमिक हक अधिकारका लागि गतिविधी हरु सन्चालन गर्दै यातायात श्रमिक संगठनहरुलाई सशत्त बनाउने काम गर्दछ ।

करिब ३२ वर्ष देखि नेपालको श्रमिक आन्दोलनमा क्रियाशिल तथा टे्रड युनियन क्षेत्रको अन्र्तराष्ट्रिय परिवेशमा चिर परिचित अजय कुमार राई हालमा नेपाल यातायात मजदुर संघका प्रमुख सल्लाहकार तथा नेपाल टे्रड युनियन कांगे्रसको महासचिव पदमा क्रियाशिल रहेका छन् ।

अनौपचारीक क्षेत्रको श्रमिक युनियन नेपाल यातायात मजदुर संघको तिन कार्यकाल अर्थात पन्ध्र वर्ष अध्यक्ष रही राईले सो युनियनको नेतृत्व प्रदान गरि सकेका छन भने अनौपचारीक क्षेत्रबाट आफनो टे्रड युनियन राजनिती शुरु गरेका राईले पटक पटक विश्वस्तरमा पाईला राख्नु निसन्देह पनि नेपाली श्रमिक आन्दोलनको उपलव्धी नै हो ।

विश्वभरबाट करिब दुई हजार श्रमिक नेताहरु समावेश रहेको अक्टोबर १३ बाट शुरु भएको प्रत्येक पाच वर्षमा हुने यस ४६ औ वल्र्ड कांगे्रसको समापन भने अक्टोबर १९ मा हुनेछ । त्यस्तै गरेर आगामी पाँच वर्षका लागि ब्रिटिस मूलका स्टिफन कटन तेस्रो अवधीका लागि महासचिवमा सर्वसम्मत निर्वाचित भएका छन भने निर्वाचित विश्व कार्य समिती सदस्यहरुले अक्टोबर १९ मा अध्यक्षको चयन गर्नेछन् ।


Author

थप समाचार
x