Ekagaj Logo
०१ कात्तिक २०८१, बिहीबार
(Thursday, 17 October, 2024)

समाज

राष्ट्रपति पौडेल सुर्खेतमा

इकागज |
असोज ३०, २०८१ बुधबार २१:३७ बजे

सुर्खेत - बडीमालिका जाने क्रममा राष्ट्रपति रामचन्द्र पौडेल सुर्खेत आइपुगेका छन् ।

आज अपरान्ह यहाँ आइपुगेका राष्ट्रपति पौडेललाई कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशी, मुख्यमन्त्री यामलाल कँडेल र नेपाली कांग्रेस उपसभापतिसमेत रहेका पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्काले स्वागत गरेका थिए । 


प्रदेश प्रमुख र मुख्यमन्त्रीसँगको स्वागत भेटपछि राष्ट्रपति पौडेलले सुर्खेतमा  शुभेच्छुकसँग भेटघाट गरेका थिए । उनी बिहीबार बिहान बडीमालिकातर्फ प्रस्थान गर्ने कार्यक्रम छ । त्यहाँ बडीमालिका दर्शनका साथै बाजुरास्थित नाट्यश्वरी मन्दिरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भ्रमण टोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री बद्रीप्रसाद पाण्डेसमेत छन् । राष्ट्रपति बिहीबार नै काठमाडौँ फर्किनेछन् ।


Author

थप समाचार
x