Ekagaj Logo
०१ कात्तिक २०८१, बिहीबार
(Thursday, 17 October, 2024)

समाज

बुद्ध एयरको विमानमा प्राविधिक समस्या, डाईभर्ट गरि काठमाडौँमा सुरक्षित अवतरण

इकागज |
कात्तिक १, २०८१ बिहीबार १०:५८ बजे

काठमाडौँ- बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएको छ ।

बिहीबार बिहान उडान नम्बर १०० मा रहेको विमानको दायाँ ईन्जिनमा प्राविधिक समस्या देखिएपछि विमानलाई डाईभर्ट गरि काठमाडौँ विमानस्थलमा सुरक्षित अवतरण गराईएको बुद्ध एयरले जानकारी दिएको छ । अहिले विमानको प्राविधिक टोलीले चेकजाँच गरिरहेको बताइएको छ ।


बुद्ध एयरले यस बारेमा जानकारी दिदै भनेको छ 'आज बिहान उडान नं १००, जहाज 9N-AJS मा दायाँ ईन्जिनमा प्राविधिक समस्या देखिएको हुँदा जहाजलाई डाईभर्ट गरि काठमाडौँ विमानस्थलमा सुरक्षित अवतरण गराइएको छ । हाम्रो प्राविधिक टोलिले जहाजको चेकजाँच गरिरहेका छन् ।'


Author

थप समाचार
x