Ekagaj Logo
०१ कात्तिक २०८१, बिहीबार
(Thursday, 17 October, 2024)

समाज

राष्ट्रिय विपद् जोखिम व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठक आज बस्दै

इकागज |
कात्तिक १, २०८१ बिहीबार १२:५२ बजे

काठमाडौँ- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठक आज बस्दै छ ।

गृहमन्त्री अध्यक्ष रहेको प्राधिकरणको बैठक आज दिउँसो ३ बजे प्राधिकरणको कार्यालय सिंहदरबारमा बस्ने गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।


आजको बैठकले बाढी पहिरोपछिको राहत वितरण र पुन:निर्माणबारे महत्वपूर्ण निर्णय गरेर सरकारलाई सिफारिस गर्ने तयारी गरिएको छ । प्राधिकरणको सिफारिस अनुसार आजै बस्ने मन्त्रिपरिषद्‌को बैठकले यस विषयमा निर्णय लिने बताइएको छ ।


Author

थप समाचार
x