Ekagaj Logo
०१ कात्तिक २०८१, बिहीबार
(Thursday, 17 October, 2024)

समाज

प्रधानमन्त्री ओली र भाटभटेनीका मालिक मीनबहादुर गुरुङविरुद्ध अख्तियारमा उजुरी

इकागज |
कात्तिक १, २०८१ बिहीबार १४:१६ बजे

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ‌‌ओली र भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । 

युवराज पौडेल सफलले प्रधानमन्त्री ओली र व्यवसायी गुरुङविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अन्तर्गत अनुसन्धान गरी कारबाही गर्न अख्तियारमा उजुरी दिएका हुन् ।


अख्तियारमा उनले दिएको उजुरीमा विवादास्पद व्यापारी मीन बहादुर गुरुङमाथि विभिन्न मुद्दा मामिलाहरू राज्यका निकाय एवम् अदालतमा रहेको र निजलाई जेलसमेत हाल्नुपर्ने, जरिवाना रकमसमेत असुल गर्नुपर्ने देखिएको र निज सो जेल सजाय एवम् जरिवाना रकम तिर्नबाट बच्नको लागि घुस वा कमिसन वापत सो जग्गा र पार्टी कार्यालय बनाउने जिम्मा लिएको आरोप लगाएका छन् ।

'व्यवसायी मीनबहादुर गुरुङले आफ्नो मुद्दा, अवरोधबाट बच्न प्रधानमन्त्रीसँग अनुनय विनय गरेको र त्यसरी मुद्दा मामिलाबाट जोगाइदिएदेखि जस्तोसुकै सहयोग गर्ने जेण्टल एग्रिमेण्ट समेत गरेको कारण मात्र सो मुद्दा मामिलाबाट बचाउने प्रतिबद्धतासहित सो बापत प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले घुस वा कमिसन वापत सो जग्गा र पार्टी कार्यालय बनाउने जिम्मा विवादास्पद व्यापारी गुरुङलाई दिएबाट प्रधानमन्त्रीले स्पष्ट घुस लिएको देखिन्छ' उनले भनेका छन् 'अत यसरी घुस लिने दिने उल्लेखित व्यक्तिहरूलाई कानुन बमोजिम कारवाही गर्नुपर्ने देखिन्छ । अत निजहरूलाई भ्रष्टाचार निवारण ऐन २०५९ (संशोधनसहित)को परिच्छेद (२)को भ्रष्टाचारको कसूर र सजाय सम्बन्धी व्यवस्थाको दफा (३) बमोजिम आठ वर्षदेखि १० वर्षसम्म कैद गर्न माग गर्दछु । साथै सोही ऐनको दफा (५), दफा (६) बमोजिम समेत कारवाही गर्न माग गर्दछु ।'


Author

थप समाचार
x