Ekagaj Logo
०१ कात्तिक २०८१, बिहीबार
(Thursday, 17 October, 2024)

समाज

रौतहटका एसपी घिमिरेसहित १९ जनाले गरे रक्तदान

इकागज |
कात्तिक १, २०८१ बिहीबार १७:४९ बजे

रौतहट - जिल्ला प्रहरी कार्यालय रौतहट द्वारा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत एसपी सहित १९ जनाले रक्तदान गरेका छन् ।

बिहीवार जिल्ला प्रहरी कार्यालय रौतहटको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरे सहित १७ जना प्रहरी कर्मचारी, २ जना स्थानीय गरी २१ जनाले रक्तदान गरेको प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन् । 


६९ औं प्रहरी दिवसको भोलिपल्ट प्रादेशिक अस्पताल गौरमा रगत अभाव हुन नदिने उद्देश्यले जिल्ला प्रहरी कार्यालय रौतहट र नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा संचालन समिति गौर शाखाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । 


Author

थप समाचार
x