न्हूदँ ११४५ समारोह समितिको अध्यक्षमा श्रेष्ठ
काठमाडौँ - यस वर्ष नेपाल संवत्को नयाँ वर्ष मनाउन न्हूदँ ११४५ समारोह समितिमा नेवाः अगुवा तथा पूर्वमन्त्री राजेन्द्र श्रेष्ठ अध्यक्ष चुनिनु भएको छ ।
न्हूदँ ११४४ समारोह समितिका अध्यक्ष प्रा डा नरेशमान बज्राचार्यको सभापतित्वमा शुक्रबार बसेको बैठकले नेवाः अभियानकर्मी श्रेष्ठलाई सर्वसम्मतिबाट अध्यक्षमा चुनेको हो ।
नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउन विगत लामो समयदेखि सक्रिय रहिआएका उनी नेपाली समाजमाझ बौद्धिक व्यक्तित्वको रुपमा परिचित हुन् । संविधानसभाबाट समावेशी संविधान निर्माण गर्ने कार्यमा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनी हाल जनता समाजवादी पार्टीका अध्यक्ष छन् ।
उक्त बैठकले नव वर्ष नेपाल संवत् ११४५ देशभर विविध कार्यक्रम गरी मनाउन ७२ सदस्यीय मूल समारोह समिति गठन गर्नाका साथै देैनिन्दिनका कार्य सञ्चालनका लागि १७ सदस्यीय सचिवालय पनि गठन गरेको छ । यस अतिरिक्त बैठकले न्हूदँ मनाउने कार्यलाई थप व्यवस्थित र वैधानिक बनाउन संस्था दर्ता गरी संस्थागत रुपमै अघि बढ्ने निर्णय पनि गरेको छ ।
उक्त बैठकमा नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, दिलीप महर्जन, शैलेन्द्रमान बज्राचार्य, निरञ्जनरत्न शाक्य लगायत थुपै्र भाषिक तथा साहित्यिक व्यक्तित्वहरूको उपस्थिति थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया