समाज

बीपी राजमार्गको धुलिखेल–भकुण्डेवेशी सडकखण्ड २४ सै घण्टा सुचारु

इकागज |
कात्तिक ७, २०८१ बुधबार १६:५३ बजे

फाइल फाेटाे

काठमाडौँ - बीपी राजमार्गको धुलिखेल–भकुण्डेवेशी सडकखण्ड २४ सै घण्टा सुचारु हुने भएको छ ।

सडक मर्मत गर्न साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको वीपी राजमार्ग अब २४ सै घण्टा खुला हुने भएको हो ।


सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार बुधबारदेखि राजमार्ग २४ सै घण्टा सुचारु गरिएको छ । यसअघि असोज ३० देखि राजमार्गको धुलिखेल–भकुण्डेवेशी सडक खण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको थियो ।


Author

थप समाचार
x