Ekagaj Logo
०८ कात्तिक २०८१, बिहीबार
(Thursday, 24 October, 2024)

समाज

नेपालमा संयुक्त राष्ट्र संघको स्थापना दिवस मनाइयो

इकागज |
कात्तिक ८, २०८१ बिहीबार १७:४८ बजे

काठमाडौं : संयुक्त राष्ट्र संघको स्थापना दिवसलाई विशेष कार्यक्रमको आयोजना गर्दै मनाइएको छ ।संयुक्त राष्ट्र संघको बडापत्र कार्यान्वयनमा आएको दिन अक्टोबर २४ को अवसरमा मनाइएको हो ।

प्रधानमन्त्री के.पी. शर्मा ओलीको प्रमुख आतिथ्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको समर्पित प्रस्तुतिकरणले कार्यक्रमको भव्यता थपेको छ।


सैनिक मुख्यालय, भद्रकालीको खेल मैदानमा आयोजित कार्यक्रममा मार्चपास, तेक्वान्दो प्रदर्शन, र संयुक्त ब्यान्डको प्रस्तुति गरिएको थियो। कार्यक्रमको क्रममा, नेपालका लागि संयुक्त राष्ट्र संघका निमित्त आवासीय प्रतिनिधि रोबेर्ट कसकाले नेपालको शान्ति, स्थायित्व र दीर्घकालीन विकासमा सक्रिय योगदानको प्रशंसा गरिन्।

प्रधानमन्त्री ओलीले नेपालले सदैव संयुक्त राष्ट्र संघको बडापत्रको सम्मान गर्दै विश्व शान्तिका लागि गरेको पहलहरूको महत्त्व औँल्याए । भविष्यमा पनि यस्तो सहकार्य निरन्तर रहने प्रतिबद्धता जनाए। उनले जलवायु परिवर्तन र गरिबीक जस्ता चुनौतीहरूसँग जुद्न नेपालले विश्वका चुनौतीपूर्ण इलाकाहरूमा शान्ति सैनिक र पर्यवेक्षकहरू तैनाथ गरिरहेको कुरा गर्वका साथ सुनाए।

समारोहको समापनमा प्रधान सेनापति अशोक राज सिग्देलले १९५५ देखि नेपालले संयुक्त राष्ट्र संघको शान्ति मिसनमा सहभागिता जनाइरहेको उल्लेख गर्दै नेपाली सेनाले तालिम प्राप्त र दक्ष शान्ति सैनिकहरू तैनाथ गर्न सदैव प्रतिबद्धता जनाएको बताए।

कार्यक्रममा गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, रक्षामन्त्री मानवीर राई लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। नेपाल शान्ति सैनिक पठाउने राष्ट्रहरूको सूचीमा पहिलो स्थानमा रहेको र महिला सैनिक खटाउने राष्ट्रहरूको सूचीमा पनि अग्रस्थानमा रहेको छ । जुन विश्वभरिका ११ वटा मिसनमा नेपाली सेनाका ५ हजार ९ सय १८ र अन्य सुरक्षा बलका १४३ जना शान्ति सैनिकहरू सक्रिय छन्।

नेपालको यो शान्ति र सहकार्यको प्रतिबद्धता विश्व शान्तिमा योगदान पुर्याउनको लागि एक प्रेरणादायी उदाहरण बनेको छ।


Author

थप समाचार
x