समाज

‘देउथल युद्ध’का ऐतिहासिक तथ्यहरू, को हुन् राष्ट्रिय विभूति सरदार भक्ति थापा ?

इकागज |
असार १६, २०७८ बुधबार २०:१२ बजे

काठमाडौँ : नेपाल–अंग्रेज मलाऊँ ‘देउथल युद्ध’मा लड्दा–लड्दै ७३ वर्षको उमेरमा वीरगति प्राप्त ‘सरदार भक्ति थापा’ नेपालको राष्ट्रिय विभूति घोषित भएका छन् । गृह मन्त्रालयको सिफारिशमा असार १४ को मन्त्रिपरिषद् बैठकलले ‘नेपालको राष्ट्रिय विभूति’ घोषणा गर्ने निर्णय लिएको हो ।

सरदार थापाको नेतृत्वमा नेपालको एकीकरण अभियानमा बाइसी राज्य लगायत महाकालीपारिका कुमाउँ, गढवाल हुँदै सतलज नदीसम्म बिस्तार भएको थियो । अंग्रेजले भारतीय राज्यहरुलाई उपनिवेश बनाउँदै मलाऊ लडाईँको नेतृत्वकर्ता सरदार भक्ति थापा थिए ।


‘देउथल युद्ध’मा थापाको बहादुरी देखेपछि अंग्रेजले ‘साहसीको पनि साहसी’ रुपमा लिएका थिए । प्रतिद्वन्द्वी अंग्रेजले ‘वीर योद्धा’ स्वीकारेका थापालाई ‘राष्ट्रिय विभूति’को सूचीमा छुटाइएको थियो ।

वीर भक्ति थापा राष्ट्रिय एकता अध्ययन केन्द्रले २०७८ बैशाख ६ मा ‘२०६ औं देउथल युद्ध तथा वीर भक्ति थापा स्मृति दिवस’ मनाउँदै गर्दा ‘राष्ट्रिय विभूति’ घोषित गर्नुपर्ने माग राखेको थियो । त्यसअतिरिक्त केन्द्रले ‘देउथल युद्ध’का ऐतिहासिक तथ्यहरू पनि सरकारलाई उपलब्ध गराएको थियो ।

वीर भक्ति थापा राष्ट्रिय एकता अध्ययन केन्द्रले तयार पारेको सरदारबारे केही तथ्यहरू :


Author

थप समाचार
x