समाज

निर्मल पुर्जालाई भव्य स्वागत (भिडियो)

इकागज |
कात्तिक ९, २०८१ शुक्रबार १३:५१ बजे

काठमाडौँ- सातै महादेशका अग्ला हिमालको चुचुरोमा दुईपटक चढेर कीर्तिमान कायम गरेका हिमाल आरोही निर्मल पुर्जालाई काठमाडौंमा भव्य स्वागत गरिएको छ ।

सेभेन समिटको अन्तिम गन्तव्य चुचुरो इन्डोनेसियाको क्यास्टेर्न पिरामिडको सफल आरोहण गरेर शुक्रबार नेपाल फर्कनुभएका निर्मल पुर्जालाई बिभिन्न संघ संस्था लगाएत शुभेच्छुकले काठमाडौंमा भव्य स्वागत गरेका हुन् ।


पुर्जालाई त्रिभुवन बिमानस्थलबाट स्वागत र्याली सहित काठमाडौंको बौद्धमा पुराइएको थियो । बौद्धमा सञ्चारकर्मीसँग कुरा गर्दै हिमाल आरोही निर्मल पुर्जाले देशको नाम विश्वमा फैलाउन पाउँदा खुसी लागेको बताए ।

उहाले विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ चुचुरोमा दुई पटक आरोहण गरेको र सातै महादेशका अग्ला हिमालको चुचुरोमा पनि पुग्ने आफु विश्वको पहिलो व्यक्ति हुन पाउदा गौरव महसुस भएको उनले बताए ।

उनले रेकर्डका लागि भन्दा पनि देशको नाम उचो बनाउनका लागि हिमाल आरोहण गरेको जिकिर गरे । पुर्जाले बर्षभर नै आफु बिभिन्न हिमालको आरोहणमा व्यस्त रहने बताए ।


Author

थप समाचार
x