समाज

पर्यटनमन्त्री पाण्डेद्वारा चिनियाँ वैज्ञानिक सम्मानित

इकागज |
कात्तिक ११, २०८१ आइतबार ११:२८ बजे

काठमाडौँ- संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले गणतन्त्र चीनका विश्वविख्यात वैज्ञानिक प्राध्यापक विङडिङलाई सम्मान गरेका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयको सक्रियतामा जलवायु परिवर्तन, उर्जा र स्वास्थ्य सम्बन्धी १६ वटा देशका बैज्ञानिकहरूको सहभागिता रहको काठमाडौमा आयोजित गोष्ठीको समापनका अवसरमा मन्त्री पाण्डेले उनलाई अभिनन्द गरेका हुन् ।


उक्त गोष्ठीमा जलवाय परिवर्तन, ऊर्जा र स्वास्थ्य क्षेत्रका समस्या समाधान लगायतका विषयका साथै पर्यटन प्रवद्र्धनका क्षेत्रमा गुणस्तरीय छलफल भएको प्रति कृतज्ञता व्यक्त गरेका थिए । 

मन्त्री पाण्डे नेपाल र चीनबीच यस्ता आदन–प्रदानको धेरै पुरानो इतिहास रहेको उल्लेख गर्दै बौद्धभिक्षु तथा प्रसिद्ध तीर्थयात्री फाहियान चौथो शताब्दीमा यहाँ नेपाल आएको अभिलेखले रहेको र लुम्बिनीको इतिहास उत्खननमा अतुलनीय योगदान पुर्‍याएको उल्लेख गरे । 

उनले सुदूरपश्चिम विश्वविद्यालयलाई नेपालको विकासको अनुसन्धानको केन्द्रको रूपमा विकसित गर्न चीनिया विश्वविद्यालय र सरकारलाई जोड्ने पुलको रूपमा पनि सहयोग गरिदिनु समेत अनुरोध गरे ।

उनले कोरियाली एवं चिनियाँ नागरिक लगायत अन्य सहभागीलाई नेपालको प्राकृतिक र सांस्कृति रुपमा सम्पन्न मुलुक भएकाले नेपाल घुम्न आउन समेत अनुरोध गरे । 

अभिनन्द कार्यक्रममा बोल्द विङडिङले नेपालीहरू निकै आत्मिय रहेको भन्दौ  भएकाले नेपाली विदयार्थीहरूलाई आफू माताहतमा अध्ययन अनुसन्धानमा लगाउन नपाएको उल्लेख गर्दै उनीहरूलाई आफूसँग जोडिन दिन समेत आगह गरे । प्राध्यापक विङडयानको मातहतमा ११४ जना विद्यार्थीहरूले विद्यावारिधी गरिहेका छन् ।


Author

थप समाचार
x