समाज

कञ्चनपुरबाट १५ लाख बराबरको मोबाइलको कभर बरामद

इकागज |
कात्तिक ११, २०८१ आइतबार १८:३८ बजे

कञ्चनपुर - कञ्चनपुरको भिमदत्त नगरपालिका–४ भासी इलाकाबाट कार्तिक ११ गते सशस्त्र प्रहरीले १५ लाख रुपैयाँ बराबरको करीब ५ हजार थान मोबाइलको कभर बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपाल ल्याई बेवारिस अवस्थामा राखेको मोबाइलको कभर सुरक्षा वेश मझगाउँ कञ्चनपुरले बरामद गरेको हो ।


बरामद मोबाइलको कभर आवश्यक कारवाहीको लागि गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुरमा बुझाइएको छ ।


Author

थप समाचार
x