समाज

तिहार नजिकियो, सङ्खुवासभामा घट्यो मादलको व्यापार

इकागज |
कात्तिक १२, २०८१ सोमबार ११:१२ बजे

खाँदबारी- तिहार आउनै लाग्दा सङ्खुवासभाको खाँदबारीमा मादलको व्यापार घट्दो छ। केही वर्षअघिसम्म ठूला चाडपर्व, स्थानीय मेलापर्वमा मादल बजाएर नाच गान गर्ने चलन थियो । तिहारमा गाउँका टोलटोलमा मादल बजाएर देउसी भैलो खेल्नेको थुप्रै समूह पाइन्थ्यो। तर आधुनिकतासँगै विद्युतीय बाजाको प्रयोग बढ्न थालेपछि मादलको महत्त्व कम हुँदै गयो। बिक्री पनि घट्न थाल्यो। 

डिजिटल गीतसङ्गीतको कारण मादल नै संकटमा पर्न थालेको छ। यो व्यवसायमा लागेकालाई भने झनै समस्या पर्दै गएको भोजपुर दिङ्लाकै अर्का मादल व्यवसायी बलबहादुर बयलकोटीले बताए। पहिलेपहिले जोर मादल बजाएर आँगनमा देउसी खेलिन्थ्यो तर अहिले क्यासेट बजाएरदेउसी खेल्ने चलनले मादल लोप हुँदै गएको उनले बताए।


मादल व्यवसाय गर्दै आएका भोजपुर षडानन्द नगरपालिका-६ केउरेनिपानीका शेरबहादुर सार्कीले मादलबाट वार्षिक डेढ लाख आम्दानी हुने गरेको भए पनि केही वर्षयता घट्दै गएको बताए। 

विद्युतीय बाजा सस्तोमा पाइने भएकाले मादल बिक्रीमा कमी हुँदा मादल बजाउनेकै सङ्ख्या पनि कम हुँदै गएको छ। पछिल्लो समय मादल बिक्री हुन छोडेपछि इलेक्ट्रोनिक्स साउण्ड सिस्टमको माग बढी रहेको व्यापारी बताउँछन्। 

ठूलाठूला मेला महोत्सवका लागि मात्र प्रयोग हुने विद्युतीय बाजा हिजोआज तिहारमा भैलो खेल्नका लागि पनि प्रयोग हुन थालेका कारण मादल बनाउने पेशा अँगालेकाहरूको व्यवसाय नै संकटमा परेको छ।

यहाँ एउटा मादलको मूल्य तीन हजारदेखि १५ हजारसम्म पर्छ।


Author

थप समाचार
x