समाज

सदस्यहरूलाई अध्यक्ष सापकोटाले 'भेडाबाख्रा'को संज्ञा दिएपछि महासचिव शर्माको आपत्ति

इकागज |
कात्तिक १३, २०८१ मंगलबार ११:८ बजे

काठमाडौँ- गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमकी अध्यक्ष सीता सापकोटाको भनाईप्रति महासचिव रूविना शर्माले आपत्ति जनाएकी छन् ।

आइतबार प्रवासी नेपाली मञ्च बेल्जियमको कार्यक्रममा अध्यक्ष सापकोटाको भनाईप्रति शर्माले एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएकी हुन् ।


संघको तर्फबाट सापकोटाले सम्बोधन गर्दा कार्यसमितिका ३८ जना पदाधिकारी र सदस्यहरूलाई 'भेडाबाख्रा'को संज्ञा दिएकी थिइन् । उक्त शब्दप्रति शर्माले विज्ञप्ति जारी गर्दै भर्त्सना गरेकी छन् ।

'सापकोटाले संघको तर्फबाट सम्बोधन गर्दा कार्यसमितिका सम्पूर्ण ३८ जना पदाधिकारी एवं सदस्यहरूलाई "भेडाबाख्रा"को संज्ञा दिनु लज्जास्पद अभिव्यक्ति हो । सापकोटाको उक्त भनाइले गैरआवासीय नेपाली संघ बेल्जियमको सिंगो कार्यसमितिको अपमान भएको छ' शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ' सापकोटाले तत्कालीन निर्वाचन समिति, महाधिवेशन प्रतिनिधि र बन्द सत्रको निर्णयको अपहेलना हुने गरी दिएको उक्त भनाइको भर्त्सना गर्दछौं ।'


Author

थप समाचार
x