तिहारका सामानहरू किन्न सर्वसाधारणको भीड
फाइल फाेटाे
काठमाडौँ - तिहारमा चाहिने विभिन्न समग्रीहरुको खरिद गर्न विराटनगर बजारमा उपभोक्ताहरूको भिड लागेको छ ।
हिन्दु परम्परा अनुसार मनाइने चाडवाड र पर्व अनुसार फरक फरक पूजा सामग्री र फरक फरक प्रसादहरूको बिक्री हुने गर्दछ । गत बर्ष भन्दा यसवर्ष सामानमा केही मूल्य वृद्धि भएको सर्वसाधारणहरूले गुनासो गरेका छन् ।
यसपटक लक्ष्मी पूजा र तिहारमा चाहिने फलफूल, माटोको दियो, मिठाई, नरिवल, केरा ,फूल, बाँसका सामग्री र पित्तल तथा तामाका भाडाहरू साथै भाइ मसलाको मूल्य गत वर्ष भन्दा बढेको उपभोक्ताले बताए ।
अन्य समयको भन्दा चाडपर्वको बेलामा व्यापारीहरूले मनपरी मूल्य तोक्ने भएकाले सर्वसाधारणहरू ठगिने गरेका छन् । सरकारको फितलो अनुगमनका कारण पनि चाडपर्वमा हरेक सामानको मूल्य बढी तिर्नुपर्ने उपभोक्ताहरूले गुनासो गरेका छन् । उनीहरुले स्थानीय निकायले अनुगमन गरेर मूल्यमा एकरूपता ल्याउनु पर्ने बताए ।
व्यापारीहरूले भने तिहारका लागि पूजाका सामग्री तथा अन्य सामानहरू किनमेल गर्नेहरूको विगतमा जस्तो भीडभाड नभएको बताएका छन् । सरकारको गलत नीतिका कारण सीमावर्ती बजारहरूमा अत्यधिक मूल्य फरक भएका कारण व्यापार घटेको व्यापारीहरूको गुनासो छ ।
विराटनगरमा भन्दा सीमावर्ती जोगबनी बजारमा सामान सस्तो भएका कारण धेरै जसो ग्राहकहरू उतै जाने गरेका छन् । तिहारका समयमा विराटनगरमा करिब ९० देखी १ करोड मूल्य बराबरको विभिन्न सामग्री विक्री हुने गरेको व्यापारीहरूले बताएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया