तस्बिरमा कुकुर पूजा
काठमाडौँ- यमपञ्चक अर्थात तिहारको दोश्रो दिन कुकुरलाई पूजासहित मीठा मीठा खानेकुरा खान कुकुर तिहार मनाइएको छ ।
कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास रहेको छ ।
कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ ।
यसैबीच कुकुर पूजा अर्थात यम पञ्चकको दोस्रो दिन आज भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२, सानोठिमीस्थित भैरवबहान गुल्ममा तालिम प्राप्त कुकुरलाई पूजा गर्दै उपरथी सागर थापा ।
तस्बिरहरू : रासस
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया