समाज

नेपालमा दर्ता भयो टिकटक , रामबहादुर थापालाई तोक्यो आधिकारिक व्यक्ति

इकागज |
कात्तिक २१, २०८१ बुधबार ११:४८ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- नेपालमा सामाजिक सञ्जाल प्लेटफर्म टिकटक आधिकारिक रूपमा दर्ता भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरले टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भइसकेको इकागजलाई जानकारी दिए ।

'टिकटकले प्रक्रिया पुर्‍याएर आएसँगै आधिकारिक दर्ता भइसकेको छ। तिहारअघि नै दर्ता गरिसकेको छ,' उनले भने।  टिकटक सामाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिका बमोजिम दर्ता भएको मन्त्रालयका प्रवक्ता ठाकुरले बताए ।


टिकटकले आधिकारिक व्यक्तिको रामबहादुर थापालाई तोकेको जानकारी उनले जानकारी दिए ।


Author

थप समाचार
x