समाज

प्रधानन्यायाधीश राउतले गरे छठी माताको पूजा

इकागज |
कात्तिक २२, २०८१ बिहीबार २१:० बजे

फाइल फाेटाे

पाटन - प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले छठी माताको पूजा अर्चना गरेका छन् । आज साँझ थापाथलीस्थित बागमती किनारमा निर्माण गरिएको छठ पूजा स्थलमा पुगेर उहाँले छठी माताको पूजा गरेका हुन् ।

प्रधानन्यायाधीश राउतले सो स्थानमा राखिएको छठी माताको प्रतिमामा माल्यार्पण गर्नुका साथै नदी किनारमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका थिए । 


प्रधानन्यायाधीश राउतलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन,  छठ पूजा समिति थापाथली (हाल कुपण्डोल) का संयोजक सतीशकुमार झालगायतले स्वागत गरेका थिए । 


Author

थप समाचार
x