Ekagaj Logo
२३ कात्तिक २०८१, शुक्रबार
(Friday, 08 November, 2024)

समाज

ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीविरुद्ध इन्टरपोलमा रेड नोटिस जारी

इकागज |
कात्तिक २३, २०८१ शुक्रबार १७:२० बजे

ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको छ ।

प्रहरीको नेश्नल सेन्ट्रल ब्यूरो (एनसीबी) को सिफारिसका आधारमा गुरुङ र भण्डारीविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ । 


ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीको संलग्नता रहेको भन्दै सहकारी रजिष्टारको कार्यालय बागमतीमा उजुरी परेको थियो ।

सो उजुरीपश्चात रजिष्टारको कार्यालयले सो सहकारीको बचत अपचलनको अनुसन्धान गर्न सीआईबीलाई पत्र पठाएको थियो । अनुसन्धानका क्रममा बचत अपचलनमा गुरुङ र भण्डारीको संलग्नता देखिएको र उनीहरु सम्पर्कविहिन रहेपछि प्रहरीले इन्टरपोलमा पत्राचार गरेको थियो । 

सोही पत्रका आधारमा इन्टरपोलले रेड नोटिस जारी गरेको हो ।


Author

थप समाचार
x