समाज

गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ

इकागज |
कात्तिक २७, २०८१ मंगलबार ११:३ बजे

फाइल तस्बिर

काठमाडौँ- गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ परेका छन् । मंगलबार बिहान प्रहरीले मनाङेलाई काठमाडौँको सानो भर्‍याङबाट पक्राउ गरेको हो ।

सानो भर्‍याङबाट मनाङेलाई पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता होविन्द्र बोगटीले इकागजलाई जानकारी दिए ।


मनाङे समूहले २०६१ सालमा डन मिलन चक्रेलाई तरबार हानेका थिए । मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी भएको थियो ।

केहि दिनअघि सर्वोच्च अदालतका न्यायाधीशद्धय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले उनलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेका थिए । 

उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको थियो ।


Author

थप समाचार
x