जातीय विभेदको विरुद्धमा मुगुमा प्रदर्शन
शिक्षामन्त्री श्रेष्ठलाई कारबाहीको माग
काठमाडौँ : पत्रकार तथा कलाकार रुपा सुनारलाई जातीय विभेद गर्ने घरबेटी सरस्वती प्रधानलाई छुटाउने शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाहीको माग गर्दै मुगुमा प्रदर्शन भएको छ । रंगकर्मी हिरा बिजुलीको सक्रियतामा मुगुमा बिहीबार प्रदर्शन भएको हो ।
रुपा सुनारमाथि जातीय विभेद गर्ने घरबेटीलाई कारबाही गर्न र विभेदको संरक्षण गर्ने मन्त्री श्रेष्ठलाई पनि कारबाहीको दायरामा ल्याउन मुगुमा प्रदर्शन गरिएको हो । रंगकर्मी बिजुलीले रुपालाई न्याय दिलाउन र दोषीलाई कारबाही गर्न विरोध प्रदर्शन गरिएको बताए । उनले विभेद सहनु पनि अपराध भएको भन्दै यसका विरुद्ध अनवरत विरोध गरिरहनुपर्ने बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया