समाज

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

इकागज |
कात्तिक २८, २०८१ बुधबार १५:२५ बजे

सांकेतिक फोटो

काठमाडौँ - बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी धनुषा जनकपुर उपमहानगरपालिका-९ ठेगाना भएका ३७ वर्षीय दिब्य श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

उच्च अदालत पाटन ललितपुरको २०८० असार ३ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा २ महिना कैद, बिगो २ करोड ५० लाख रूपैयाँ जरिवाना र क्षतिपूर्ति बापत पीडित राहतकोषमा १० लाख रूपैयाँ जम्मा गराउने ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर जावलाखेलबाट पक्राउ गरेको हो । 


उनलाई फैसला कार्यान्वयनको लागि  जिल्ला अदालत ललितपुर लगनखेल पठाइएको जनाएको छ । 


Author

थप समाचार
x