तनहुँमा पहिरो परेकै बेला बाटो काट्दा दुई जना घाइते
फाइल फोटो
काठमाडौँ : पहिरोका कारण तनहुँको भानु नगरपालिका-८ मा दुई जना घाइते भएका छन् । पहिरोले सडक अवरुद्ध भएपछि पैदल हिँडेर पहिरो पार गर्दै गरेका दुई युवा पहिरोमा परेर घाइते भएका हुन् ।
दुवै जना लमजुङ बेँसीशहरका हुन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । दुवै घाइतेलाई उपचारका लागि बेँसीशहर लगिएको प्रहरीले जनाएको छ । रासस
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया