समाज

विद्युत प्राधिकरणलाई काठमाडौँ महानगरको साथ, पोल र तार हटाउन सहजीकरण

इकागज |
कात्तिक २९, २०८१ बिहीबार १३:१९ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले न्युरोड क्षेत्रमा अव्यवस्थित बिजुलीका पोल तथा तारहरूलाई हटाउन सहजीकरण गरेको छ । विद्युत प्राधिकरणले न्युरोड क्षेत्रमा बिजुलीको तार भूमिगत गरेपछि पोल र तारहरू हटाउन सुरू गरिएको हो । 

लामो समयको विवादपछि विस्तार गरिएको जुद्द शालिक इन्द्रचोक फुटपाथको बीचमा रहेको बिजुलीको पोल र तार हटाउने कार्य अगाडि बढेको छ ।


फुटपाथ बढाइएका क्षेत्रमा विधुतका तार र केबल भूमिगत गरिएको । विद्युत र इन्टरनेट सेवाका तारहरूलाई सो क्षेत्रमा भूमिगत गरिएसँगै आज महानगरले पोल र तार हटाउन प्राधिकरणलाई सहजीकरण गरिरहेको छ ।


Author

थप समाचार
x