Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

समाज

दार्चुला दुर्घटना : मृतकको संख्या ८ पुग्यो

इकागज |
कात्तिक ३०, २०८१ शुक्रबार ९:५ बजे

काठमाडौँ- दार्चुलामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

घटनास्थलमा ६ जनाको मृत्यु भएको हो भने दुई जनाको अस्पताल लैजाँदा मृत्यु भएको हो । अन्य चार जना गम्भीर घाइते भएका छन् । बिहीबार बिहान ४ बजेतिर मालिकार्जुन धामबाट गाेकुलेश्वरतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जिप दुर्घटना भएको थियो ।


दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दार्चुलाको ४५ वर्षीय मोहम्द सफीर, १८ वर्षीय मोहम्द बसिर, शैल्यशिखर नगरपालिका- ९ नकतड का ४५ वर्षीय दिलिप विष्ट, ३० वर्षीय वीरेन्द्र रावल, उनकी श्रीमती २८ शान्ति रावल, शैल्यशिखर-५ बस्ने ४० वर्षीया मिना लेखक, बैतडीको डिलासैनी गाउँपालिका-५ नगराउँका १५ वर्षीय सुदिप बोहरा र ५० वर्षीय वीरेन्द्र बोहराको पनि मृत्यु भएको छ ।

यो, पनि


Author

थप समाचार
x