समाज

पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो

इकागज |
मंसिर ४, २०८१ मंगलबार २०:४६ बजे

फाइल फाेटाे

काठमाडौं - सहकारी ठगीमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौं ल्याइएको छ । उनलाई थप अनुसन्धानका लागि मंगलबार पोखराबाट काठमाडौं ल्याइएको हो । 

छविलाल जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको थियो ।


रास्वपा सभापति रवि लामिछाने र जोशीविरुद्ध काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी  बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन गरेको आरोपमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको थियो ।


Author

थप समाचार
x