समाज

धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार

इकागज |
मंसिर १०, २०८१ सोमबार ९:४१ बजे

काठमाडौँ- सशुल्क सञ्चालनमा आए पछि धरहराले पहिलो दिन १ लाख २० हजार भन्दा बढी रूपैयाँ संकलन गरेका छ । 

धरहरा व्यवस्थापन समितिका अनुसार धरहरा चढ्‌न शुल्क लगाएको पहिलो दिन १ लाख २० हजार ६५० रूपैयाँ राजश्व संकलन भएको हो  । 


यसअघि निःशुल्क चढ्‌ने ब्यवस्था गरे पनि आइतवारबाट शुल्क लगाउन सुरू गरिएको थियो । जसअनुसार आइतवार पहिलो दिन ६६३ जनाले चढेका थिए । 

धरहरा चढ्नका लागि प्रत्येक नेपालीलाई दुई सय, सार्क राष्ट्रका पर्यटकलाई पाँच सय र सार्क राष्ट्रबाहेक पर्यटकलाई १ हजार शुल्क लगाउन सुरू गरिएको छ ।

साथै, विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिहरूले भने धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउँछन् ।

धरहरा गत असोज ३ को संविधान दिवसको दिनबाट सर्वसाधारणका लागि खुल्ला गरिएको थियो । गत शनिवारसम्म धरहरा चढ्‌न पैसा नलागे पनि हिजोबाट भने पैसा तिरेर मात्रै धरहरा चढ्‌ने नियम बनाइएको हो ।


Author

थप समाचार
x