समाज

नारायणगढ-बुटवल सडक दुईतर्फी सञ्चालन

इकागज |
असार १८, २०७८ शुक्रबार २३:२३ बजे

फाइल फोटो

नवलपुर : पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडकखण्ड दिउँसोबाट दुईतर्फी सञ्चालनमा आएको छ । नवलपरासी बर्दघाट–सुस्तापूर्वको गैँडाकोट–१० स्थित २३ स्मृति पुलमा डाइभर्सन निर्माण गरिएपछि सो सडक दुईतर्फी सञ्चालनमा आएको हो । 

अविरल वर्षाका कारण हिजो बिहान आएको बाढीले सो सडकमा निर्माण गरिएको डाइभर्सन बगाउँदा सवारी साधन अवरुद्ध भएको थियो । दिउँसोदेखि दुईतर्फी रुपमा सवारी साधन सञ्चालनमा आएपछि राजमार्गमा रोकिएका सवारीसाधनहरु गन्तव्यमा पठाइएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले जानकारी दिए ।  


अहिले सो सडकमा सामान्य अवस्थामा नै सवारीसाधन सञ्चालन भइरहेको उनको भनाइ छ । नारायणगढ बुटवल सडक विस्तारका क्रममा गैँडाकोट क्षेत्रमा रहेका पुराना पुल हटाएर नयाँ मोटरेबल पुल बनाउनका लागि विभिन्न स्थानमा सडकमा डाइभर्सन गरिएको छ । गैँडाकोट क्षेत्रमा सात ठाउँमा नयाँ पुल बनाउने क्रमसँगै डाइभर्सन निर्माण गरिएकोमा तीन वटा पुल निर्माण अन्तिम चरणमा पुगेका छन् । रासस
 


Author

थप समाचार
x