दुर्गा प्रसाईंका समर्थकले गरे सडकमा सुतेर विरोध प्रदर्शन
काठमाडौँ - मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई विनाकारण थुनामा राखेको भन्दै उनका समर्थकले काठमाडौंमा विरोध जनाएका छन् ।
ठोस प्रमाणबिना प्रसाईँलाई थुन्ने काम भएको भन्दै उनका समर्थकहरुले बुधबार काठमाडौंको माइतीघरमा सडकमा सुतेर विरोध जनाएका हुन् ।
प्रदर्शनमा सहभागीहरूले दुर्गा प्रसाइको जिवन रक्षा गर, दुर्गा प्रसाईंको स्वास्थ्य अवस्था सार्वजनिक गर, कम्बोडिका कालो धन छानबिन गर, मानवअधिकारको रक्षा गर लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
प्रहरीले प्रसाईंलाई मंसिर ४ मा पक्राउ गरेर प्रहरीले विद्युतीय कारोबार ऐनमा अनुसन्धान गरिरहेको छ । प्रसाईंले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट समेत दर्ता गराएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया