समाज

रुद्राक्षबाट बन्यो शिवलिङ्ग

इकागज |
मंसिर १३, २०८१ बिहीबार २१:४६ बजे

झापा - शताक्षीधाममा धार्मिक पर्यटक आकर्षित गर्न एक करोड २५ हजार वटा रुद्राक्षका दानाबाट ५१ फिट अग्लो शिवलिङ्ग निर्माण गरिएको छ । 

गोलोक गोवर्द्धन गौशालाले निर्माण गरेको यस शिवलिङ्गमा नेपालका ५१ वटा जिल्ला, भारतको सिक्किम, दार्जिलिङ, गान्तोक, मणिपुर, आसामलगायत ठाउँबाट सङ्कलन गरिएको रुद्राक्ष प्रयोग गरिएको छ । भुटान र म्यान्मारका हिन्दू धर्मावलम्बीले रुद्राक्ष पठाएको गौशालाले जनाएको छ ।


यही मङ्सिर १७ गते शिवलिङ्गको उद्घाटन गरिने र त्यसमा रु १७ लाख २० हजार खर्च भएको जनाइएको छ । फलामको फ्रेममा वरिपरि रुद्राक्षको माला लगाएर शिवलिङ्ग निर्माण गरिएको हो ।


Author

थप समाचार
x