समाज

निरन्तरको वर्षाले सुनसरी जलमग्न

इकागज |
असार १९, २०७८ शनिबार १४:५१ बजे

फाइल फोटो

सप्तरी : निरन्तरको वर्षाका कारण सुनसरीका अधिकांश क्षेत्र जलमग्न बनेका छन् । पानीको निकास अभाव र खोलामा बढेको पानीका कारण टोल, वस्तीहरु डुबानमा देखिएका छन् । इटहरी क्षेत्रमा टेङ्ग्रा  बुढी खोलामा आएको बाढीले किनार र आसपासका वडाहरु डुबानमा परेका छन् । त्यसैगरी धरानमा सेउती र अधेरी खोला आसपासको क्षेत्रमा डुबानको समस्या देखिएको सुनसरी प्रहरीले जनाएको छ । इनरुवा क्षेत्रमा पर्ने कुरुवा खोला भरिएउ भई सडकबाटै बगेको छ । 

सो क्षेत्रमा आवतजावतमा समेत समस्या देखिएको छ । वर्षा सँगै खोलाहरुमा जलस्तर बढको छ । सुनसरी, बुढी, गडन लगायतका खोलामा जलस्तर बढ्दा आसपास किनारका वस्ती जोखिममा परेका छन् । सुनसरी प्रहरीले दिएको जानकारी अनुसार अहिले सम्म डुबान तथा बाढी पसेका २ सय घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । यता सप्तकोशी नदीमा पानीको वहाव यस वर्षकै उच्च मापन भएको छ । 


कोशी नदीमा अहिले दुई लाख क्यूसेक भन्दा बढि पानी बगिरहेको छ । सुनसरी प्रशासनले जनाए अनुसार यतिबेला सप्तकोशी नदीमा पानीको वहाव २ लाख २१ हजार ४ सय ७५ क्यूसेक प्रतिसेकेण्ड पुगेको छ । नदीको जलस्तर बढेसँगै कोशी ब्यारेजका २९ वटा ढोका खोलिएका छन् । नदीमा वहाव बढेसँगै ब्यारेज पुलमा रातो बत्ति समेत बालिएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बहाव बढेपनि खतरा भने नरहेको बताउनु भएको छ । वहाँले तटिय क्षेत्रका वासिन्दालाई सर्तकता अपनाउन भनिएको बताउँदै सम्भावित डुबान र बाढीलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई सतर्क रहन भनिएको जानकारी दिए । 
 


Author

थप समाचार
x