समाज

बाढी पहिरोमा परी ३८ जनाको मृत्यु, ३१ बेपत्ता

इकागज |
असार १९, २०७८ शनिबार १९:१६ बजे

फाइल फोटो

काठमाडौँ : गृह मन्त्रालय अन्र्तगतको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रले यसबर्षको बाढी तथा पहिरोमा परेर अहिलेसम्म ३८ जनाको मृत्यु भएको जनाएको छ । गृह मन्त्रालय अन्र्तगतको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रका प्रमुख दिल तामाङ्गले यस बर्ष बाढी तथा पहिरोका कारण ३८ जनाले मृत्यु भएको र अझै ३१ जना हराईरहेको जानकारी दिए ।

उनका अनुसार अनुसार बाढी पहिरोमा परि ४७ जना घाईते भएका छन् । शनिबार मात्रै गोरखामा दुई र धादिङ्गमा दुई गरी ४ जनाले पहिरोमा परी ज्यान गुमाएका छन् । अहिलेसम्म २ सय २ वटा विपदको घटनाहरु भएका पनि उनले बताए ।


४ सय ९५ घरहरु पुर्ण क्षति भएका छन् । १ सय १२ घरहरु आंशिक क्षति भएका छन् । सामुदायिक भवन, विद्यालयहरुमा पनि क्षति पुगेको छ । तीन दर्जन सरकारी कार्यालयमा क्षति भएको छ । त्यसैगरी २३ वटा झोलुङ्गे पुल, १४ वटा पक्की पुल निर्माणाधिन र सञ्चालनमा रहेका साना ठुला गरी २५ वटा हाईड्रोमा पनि बाढीले क्षति पुराएको छ । उनले यो बर्षको मनसुनजन्य क्षति सुरुवातमा नै निकै भयावह बनेर आएको र आफुहरु त्यसको प्रतिकार्यमा लागेको बताए । 

मनसुन सुरु भए लगत्तै अवरुद्ध बनेका मनाङ्ग जाने बाटो, बाजुरा जाने बाटो र सिन्धुपाल्चोकको तातोपानी नाका जाने बाटो लामो समयदेखि अवरुद्ध छ । साना साना पहिरो र बाढीका कारण अवरुद्ध भएका सडक तत्काल सञ्चालनका लागि पहल गरिएको र सञ्चालन भएको भए पनि केही स्थानको बाटोहरु लामो समय देखि अवरुद्ध रहेको प्रमुख तामाङ्गले बताए ।


Author

थप समाचार
x