समाज

जलमग्न जनकपुर एयरपोर्ट:

डुबान तरेर हवाईजहाज चढ्नुपर्ने बाध्यता

इकागज |
असार १९, २०७८ शनिबार २१:१५ बजे

फोटो स्रोत : आदर्श कर्ण

जनकपुर : विगत एकहप्ता परेको अविरल वर्षाले जनकपुरधाम उपमहानगरपालिकाको अधिकांश स्थान जलमग्न भएका छन् । वर्षाले नगर भित्रका अधिकांश सडक तथा सरकारी कार्यालयमा पानी जमेको छ भने केही घर ढुबानमा समेत परेका छन् । 

उपमहानगरपालिकाका वडा नं १, २, ३, ४, ७, ८, र १३ वढी ढुवानमा  परेका हुन् । हुलाक कार्यालय, वन निर्देशनालय, नेपाल परिवार सङ्घ, आन्तरिक राजश्व कार्यालय लगायतका कार्यालय ढुबानमा परेका छन् । 


एसियाली विकास बैंँकको आर्थिक एवम् प्राबिधिक सहयोगमा यहाँ  एकीकृत शहरी विकास परियोजना कार्यान्वयनमा छ । परियोजनाले  यहाँका सडक स्तरोन्नति गरिरहेको छ ।  ढल व्यवस्थापन नहुँदा  नगरका अधिकांश क्षेत्र जलमग्न भएको बताइएको छ । ढुबान क्षेत्रमा धनजनको क्षति नभएको प्रहरीले जनाएको छ । 

जनकपुर विमानस्थलको छेउछाउ पनि डुबानमा परेको छ । यात्रुहरु डुबान क्षेत्र पार गरेर जहाजमा चढ्नुपर्ने बाध्यता छ । रासस


Author

थप समाचार
x