प्रमुख शाहबाट नवनिर्वाचित वडाध्यक्ष श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ
स्थानीय तहको उपनिर्वाचनबाट काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को अध्यक्ष पदमा निर्वाचित रोजिना श्रेष्ठलाई महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले पद तथा गोपनीयताको शपथ गराएका छन् । आज प्रमुख शाहको कार्यकक्षमा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।
२०७९ को स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित वडाध्यक्ष मुकुन्द रिजालको ०८० भदौ २१ गते निधन भएपछि रिक्त भएको पदका लागि मंसिर १६ गते उपनिर्वाचन भएको थियो ।
२०७९ को स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित वडाध्यक्ष मुकुन्द रिजालको ०८० भदौ २१ गते निधन भएपछि रिक्त भएको पदका लागि मंसिर १६ गते उपनिर्वाचन भएको थियो । यस निर्वाचनका लागि २१ हजार २५ मतदाता भएको वडामा १० हजार ३७६ सदर मत थिए । निर्वाचित अध्यक्ष श्रेष्ठ २ हजार ९०२ मत ल्याएर निर्वाचित हुनुभएको हो ।
रिक्त पदमा पुष्प महर्जनले कार्यवाहक अध्यक्षका रुपमा काम गरिरहेका थिए ।
शपथ ग्रहण अवसरमा उपप्रमुख सुनिता डंगोल, प्रवक्ता नविन मानन्धर, प्रमुख प्रशासकीय अधिकृत सरोग गुरागाईँसहित अधिकारी उपस्थिति थियो ।
शपथपछि वडाध्यक्ष श्रेष्ठले आज नै पद वहाली गर्ने कार्यक्रम रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया