समाज

राति नै रविलाई कास्की पुर्‍याइएकोबारे चितवन प्रहरीले भन्यो- दुर्व्यवहार गरेका छैनौँ

इकागज |
मंसिर २३, २०८१ आइतबार १८:२ बजे

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एव‌ पूर्वगृहमन्त्री रवि लामिछानेमाथि चितवन प्रहरीले गरेको दुर्व्यवहारको सर्वत्र विरोध भइरहँदा जिप्रका चितवनले भने यो आरोपको खण्डन गरेको छ।

चितवनको बयान सकेर मध्यरात नै कास्कीतर्फ लगिएका रवि लामिछानेमाथि अमानवीय व्यवहार भएको भन्दै सर्वत्र आलोचना भएपछि चितवन प्रहरीले खण्डनमा विज्ञप्ति निकालेको हो।


लामिछानेलाई गत बुधवार चितवनमा बयान लिएपछि मध्यरातमा पोखरा फर्काइएकाे थियो । सो क्रममा मापसे गरेका प्रहरी कर्मचारीले राति सुतेका बेला हिरासत कक्षबाट उठाएको, दुर्व्यवहार गरेको, अस्वस्थ हुँदाहुँदै लगिएको भन्नेजस्ता खबर बाहिरिएका थिए । ती सूचना कपोकल्पित र झुटा रहेको चितवन प्रहरीले विज्ञप्तिमार्फत दाबी गरेको छ।

उनीमाथि अमानवीय व्यवहार भएको भन्दै उनकी पत्नी निकिता पौडेलले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरीसमेत हालेकी छन्।
खराब मौसमका कारण हवाई मार्गबाट लैजान नसक्ने अवस्था भएपछि भीडबाट सुरक्षा चुनौती बढ्ने देखिएकाले विशेष सतर्कता अपनाइएको र स्थलमार्गबाट लिएर गएको विज्ञप्तिमा दाबी गरिएको छ ।


Author

थप समाचार
x