लागुऔषधसहित दुई जना युवा कञ्चनपुरबाट पक्राउ
काठमाडौँ : लागुऔषधसहित दुई जना युवा कञ्चनपुरमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका २ वाणीका २४ वर्षीय किशोर भण्डारी र २० वर्षीय राजेन्द्र गिरी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पुर्व पश्चिम राजमार्गमा बा ५८ प ४८७८ नम्बरको होण्डा कम्पनिमा सवार दुई जनालाई जाँच गर्दा लागुऔषध भेटिएको थियो । उनीहरुको साथमा रहेको लागुऔषध बरामद गरेर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया