समाज

भित्तामा चित्र कोर्न पाउनुपर्ने कलाकारको माग

इकागज |
असार २०, २०७८ आइतबार १६:२० बजे

काठमाडौँ : कलाकारहरुले कोरोना महामारीमा अग्रपंक्तिमा खटेर काम गर्ने व्यक्तिहरुको सम्मानका लागि रत्नपार्कस्थित आकाशे पुलको भित्तामा चित्र कोर्न पाउनुपर्ने माग गर्दै महानरपालिकामा निवेदन दिएका छन् । कोभिड-१९विरुद्धको लडाइँमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, शव व्यवस्थापन गर्ने व्यक्ति, पाइलट र सरसफाईकर्मीको सम्मानका लागि रत्नपार्कस्थित आकाशे पुलको भित्तामा बनाइएको चित्र काठमाडौं महानगरपालिकाले मेटेपछि कलाकारहरुले चित्र कोर्न पाउनुपर्ने माग गर्दे महानगरलाई निवेदन दिएका हुन् ।  

दुजाङ्ग शेर्पा नेतृत्वको कलाकारको टोलीले आईतबार काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत राजेश्वर ज्ञवालीमार्फत मेयरलाई निवेदन दिएका हुन् । शेर्पा नेतृत्वको कलाकार टोलीले काठमाडौं महानगरपालिका-२८ को अनुमति लिई सो ठाउँमा चित्र बनाएको दाबी गरेको छ । तर, महानगरपालिकाले स्वच्छ सफा सहर निर्माणको परिकल्पना अनुसार सहरको सुन्दरतामा आँच पुगेको भन्दै सो चित्र मेटाएको थियो ।  


कलाकार दुजाङ्ग शेर्पाले कोरोना महामारी विरुद्धमा अग्रस्थानमा रहेर काम गर्ने फ्रन्टलाइनरहरुलाई थोरै भएपनि प्रेरणा मिलोस् भन्ने उद्देश्यका साथ आफुहरुले वडाबाट अनुमति लिएर चित्र बनाएकाले फेरि सोही स्थानमा चित्र कोर्न पाउनुपर्ने माग गरे ।


Author

थप समाचार
x