समाज

काठमाडौँ उपत्यकामा असार मसान्तसम्म निषेधाज्ञा

इकागज |
असार २०, २०७८ आइतबार १७:४० बजे

काठमाडौँ : काठमाडौँ उपत्यकामा असार महिनाभर (मसान्तसम्म) निषेधाज्ञा थपिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । २२ गतेबाट असार मसान्तसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

कोभिड-१९ को दोस्रो लहर फैलिएपछि मुलुकभको अधिकाश जिल्लामा वैशाख १६ गतेबाट जिल्लाभर सहजै आवतजावत गर्न नपाइने व्यवस्था गरिएको थियो । अघिल्लो साताबाट कोभिड संक्रमितको संख्या घट्दै गएपछि निषेधाज्ञा लुज हुँदै गएको छ ।


 


Author

थप समाचार
x