समाज

बैतडी जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो

इकागज |
असार २०, २०७८ आइतबार १७:३९ बजे

फाइल फोटो

बैतडी : बैतडीको सिगास गाउँपालिका– ३ लगनमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । बैतडीबाट डडेल्धुरातर्फका लागि छुटेको से १ ज ७३९ नम्बरको जीप लगन भन्ने ठाउँमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको हो । यसअघि दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो । ११ जना घाइते भएका छन् ।  मृत्युहुनेमा मृत्यु हुनेमा सिगास– ३ का ४५ वर्षीय जयसिंह धामी, सोही बर्षका मानसिंह साउँद र ६४ वर्षीय रामसिंह धामी रहेका छन् । उनीहरु तीनैजनाको घटनास्थमै मृत्यु भएको जनाइएको छ । 

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेहुनेहरुमा  सिगास– ३ का २९ वर्षीय करनसिंह धाँमी, ४५ वर्षीय दलवीर साउँद, ४० वर्षीय चक्र धामी, ३८ वर्षीया वासमती धामी, ४० वर्षीय शेरबहादुर धामी र २० वर्षीय रवीन्द्र धामी सामान्य घाइते भएका छन् । घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।  


जीपका चालक १९ वर्षीय खगेन्द्र साउँद र जीप धनि ४४ वर्षीय हरिभान साउँद भने फरार रहेका प्रहरीले जनाएको छ । सोह्र जना सवार जीप सडकबाट करीब ५० मिटर तल खसेको र  दुर्घटनाका कारण खुल्न नसकेको छ प्रहरीले जनाएको छ  । रासस
 


Author

थप समाचार
x