समाज

'२५ जनाभन्दा बढी विद्यार्थी भेला नहुने गरी परीक्षा संचालन गर्नू'

इकागज |
असार २०, २०७८ आइतबार १८:५१ बजे

काठमाडौँ :  जिल्ला प्रशासन कार्यलयले काठमाडौँका शैक्षिक संस्थालाई २५ जनाभन्दा बढी मानिसहरू भेला नहुने गरी परीक्षा संचालन गर्न  आदेश दिएको छ । असार २२ देखि लागु हुने निषेधाज्ञामा उपत्यकाभित्र संचालन हुने परीक्षाको हकमा यस्तो आदेश दिएको हो । 

परीक्षा संचालन हुने कुनै हल तथा कोठाको अनुसार २५ जनाभन्दा बढी मानिस भेला हुन पाइने छैन । प्रशासनले जारी गरेको सुचनामा भनिएको छ । २५ भन्दा बढी जम्मा हुने भएमा सिफ्ट अनुसार परीक्षा संचालन गर्न भनेको छ । 


परीक्षार्थीहरू परीक्षा हलमा प्रवेश गर्नुपूर्व तथा परीक्षा सकिइसकेपछि नेपाल सरकारको मापदण्ड अनुसार स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने भनिएको छ ।
 


Author

थप समाचार
x