डडेल्धुरामा देउवाले समर्थन गरेका अध्यक्ष पराजित, मल्लका समर्थक सिंह पुनः दोहोरिए
नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाको अध्यक्षमा हिक्मतबहादुर सिंह निर्वाचित भएका छन्। प्रेस यूनियन र प्रेस चौतारी नेपालका साझा उम्मेदवार पुष्कर भण्डारीलाई एक मतले हराउँदै सिंह अध्यक्षमा विजयी भएका हुन्।
भण्डारी भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीका उम्मेदवार थिए । । सिंह भने नेपाली कांग्रेस डडेल्धुराका पूर्व सभापति कर्ण मल्लले समर्थन गरेका उम्मेदवार रहेका थिए ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लामा समाजवादी प्रेस संगठन र प्रेस सेन्टर नेपालका उम्मेदवार सिंहले ३२ मत ल्याए। उनका प्रतिद्वन्द्वी भण्डारीले ३१ मत पाएका । सिंह पुनः अध्यक्षमा दोहोरिएका हुन्।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया