समाज

काठमाडौँको न्यूनतम तापक्रम २ डिग्रीमा झर्दा जुम्लाको माइनस ७

इकागज |
मंसिर २९, २०८१ शनिबार ९:४१ बजे

फाइल तस्बिर

काठमाडौँ- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम सामान्यतया सफा रहेको छ ।


दिउँसो देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । 

राति भने देशभर मौसम मुख्यतया सफा रहने छ । 

बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक र आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

त्यस्तै काठमाडौँको न्युनतम तापक्रम आज बिहान पौने ६ बजे २.५ डिग्री सेल्सियस मापन भएको थियो । तर त्यसमा पनि घटेर बिहान ९ बजे २ डिग्री सेल्सियसमा झरेको छ ।

त्यसैगरी जुम्ला आज सबैभन्दा चिसो छ । जुम्लाको तापक्रम सबैभन्दा कम-७ मा झरेको छ ।


Author

थप समाचार
x