काठमाडौं महानगरका पहिलो मेयर पीएल सिंहको निधन
काठमाडौँ महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधन भएको छ ।
पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । ८५ वर्षीय सिंह लामो समयदेखि आन्द्राको समस्याबाट पीडित थिए ।
उनी ०४६ सालसम्म चाक्सीबारीस्थित गणेशमान सिंहको निवासमै बसेका थिए। गणेशमान र मंगलादेवी सिंहलाई सहयोग गरेका थिए । पीएल त्यसपछि आफ्नै निवासमा बस्न थालेका थिए ।
२०४९ मा स्थानीय निर्वाचन जितेर तत्कालीन काठमाडौं नगरपालिकाका मेयर बने। पञ्चायत व्यवस्थापछि काठमाडौंका उनी पहिलो मेयर हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया