पोखरामा फेवा संवाद हुँदै
फाइल फाेटाे
गण्डकी - त्रिभुवन विश्वविद्यालय र चीनको सिछुवान विश्वविद्यालयको संयुक्त आयोजनामा भोलिदेखि पोखरामा फेवा संवाद हुने भएको छ ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राध्यापक खड्ग केसीले दक्षिण तथा दक्षिणपूर्वी एसियाली मुलुकहरूसँगको सहकार्य अभिवृद्धि गर्नु सम्मेलनको उद्देश्य भएको बताए ।
संवादका माध्यमबाट विश्वका प्रभावशाली मुलुकका विश्वविद्यालयसँग सहकार्य गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आंकाक्षा पूरा गर्ने दिशामा सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।
सम्मेलनमा चीनका ३०, नेपालबाट २०, भारत, पाकिस्तान, श्रीलंकाबाट तीन–तीन जनाका साथै भुटान, मलेसिया, सिङ्गापुर, इण्डोनेसियाका विश्वविद्यालयबाट अध्यापकहरू सहभागी हुने जानकारी दिए ।
सम्मेलनको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया