पूर्वनिमित्त महाप्रबन्धक राणाको निधन

काठमाडौँ - राष्ट्रिय समाचार समिति(रासस)का पूर्वनिमित्त महाप्रबन्धक जयशम्शेर राणाको ८० वर्षको उमेरमा भारतको भोपालमा निधन भएको छ ।
श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित उनको उपचारका क्रममा आज बिहान निधन भएको हो । उनी रासस अङ्ग्रेजी समाचार सम्पादन शाखाको पूर्वप्रमुख पनि थिए । उनका भाई प्रभातशम्शेर राणाका अनुसार स्वर्गीय राणाको आजै अन्त्येष्टि गरिनेछ । राससबाट सेवानिवृत्त भएपछि उनी भोपाल बस्दै आएका थिए । उनका दुई छोरा छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया