समाज

पूर्वनिमित्त महाप्रबन्धक राणाको निधन

इकागज |
पुस ४, २०८१ बिहीबार १६:५५ बजे

राष्ट्रिय समाचार समिति(रासस)का पूर्वनिमित्त महाप्रबन्धक जयशम्शेर राणाको ८० वर्षको उमेरमा भारतको भोपालमा निधन भएको छ ।

श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित उहाँको उपचारका क्रममा आज बिहान निधन भएको हो । उनी रासस अङ्ग्रेजी समाचार सम्पादन शाखाको पूर्वप्रमुख पनि हुनुहुन्थ्यो । उहाँका भाई प्रभातशम्शेर राणाका अनुसार स्वर्गीय राणाको आजै अन्त्येष्टि गरिनेछ । राससबाट सेवानिवृत्त भएपछि उहाँ भोपाल बस्दै आउनुभएको थियो । उन का दुई छोरा छन् ।



Author

थप समाचार
x