समाज

शक्ति समूहकी संस्थापक सुनिता दनुवारको साँझ अन्त्येष्टि गरिने

इकागज |
पुस ८, २०८१ सोमबार १४:३९ बजे

काठमाडौँ - शक्ति समूहकी संस्थापक सुनिता दनुवारको आजै अन्त्येष्टि गरिने भएको छ । उनकाे  सोमबार साँझ ५ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने महिला अधिकारकर्मी नानीमैया थापाले जानकारी दिइन् ।

 मानव बेचबिखनविरुद्धकी अभियन्ता दनुवारको ४७ वर्षको उमेरमा सोमबार निधन भएको हो ।


राति खाना खाएर सुतेकी दनुवार बिहान ५ बजे ओछ्यानमै मृत अवस्थामा भेटिएकी थिइन् । श्रीमानका अनुसार बिहान ५ बजे आफू उठेर पसल जानुअघि सुनितालाई उठाउन खोज्दा नबोलेपछि शरीर छाम्दा चिसो भइसकेको र अस्पताल पुर्‍याउँदा मृत घोषणा गरिएको थियो । 

सुनिताका श्रीमान र एक छोरी छन् ।आफै मानव बेचबिखनबाट पीडित उनी अहिले मानव बेचबिखनविरुद्धको अभियानमा सक्रिय थिइन् ।

२०५६ सालमा चरिमाया तामाङसहित बम्बैबाट उद्धार गरी नेपाल ल्यापछि उनीहरूकै पहलमा बेचबिखन प्रभावित महिलाहरुले स्थापना गरेको विश्वकै पहिलो मावनबेचबिखन विरुद्धको संस्था शक्ति समूह बनेको हो । 

पछिल्लो समय उनी सुनिता फाउण्डेशन स्थापना गरेर सोही संस्थामार्फत बेचबिखन विरुद्ध क्रियाशील थिइन् । दनुवार अमेरिकी विदेश मन्त्रालयबाट २०१८ को ‘टिप हिरो’ को रूपमा सम्मानित भएकी थिइन् । उनी विभिन्न अन्तराष्ट्रिय पुरस्कार प्राप्त गरेकी छन् ।


Author

थप समाचार
x