सुर्खेतमा स्थानीय तहका स्वास्थ्यकर्मीलाई तनाव व्यवस्थापन तालिम
सुर्खेत : सुर्खेतका तीन स्थानीय तहले स्वास्थ्यकर्मीलाई प्राथमिक मनोवैज्ञानिक सहयोग तथा तनाव व्यवस्थापन सम्बन्धी दुई दिने तालिम प्रदान गरेका छन् । कोभिड–१९ को अग्रपंक्तिमा खटिएका चिकित्सक, नर्स लगायत ३१ जना स्वास्थ्यकर्मीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।
सामाजिक विकास मन्त्रालयको आयोजना र मनोविद यभन श्रेष्ठ र तुलसीप्रसाद राईको सहजीकरणमा सुर्खेतको पन्चपुरी नगरपालिका, चौकुने र बराहताल गाउँपालिकाले बाबियाचौरमा प्राथमिक मनोवैज्ञानिक सहयोग तथा तनाव व्यवस्थापन सम्बन्धी दुई दिने तालिम प्रदान गरिएको हो ।
तालिममा कार्यक्रममा प्राथमिक मनोवैज्ञानिक सहयोग, संचार सीपहरु, शोक वा क्षतिको मनोभावनात्मक पीडा र तनाव व्यवस्थापन एवं आफ्नो हेरचाह लगायतका विभिन्न शीर्षकमा छलफल सत्र चलाइएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया