समाज

तमू पत्रकारिता पुरस्कारबाट ६ जना पुरस्कृत

इकागज |
पुस १०, २०८१ बुधबार १८:२७ बजे

काठमाडौँ - तमू (गुरुङ) सञ्चारकर्मी संघले पत्रकारितामा योगदान पुर्याएबापत छ जना पत्रकारलाई पुरस्कृत गरेको छ ।  
    
आज यहाँ तमू पत्रकारिता पुरस्कार वितवरण तथा गुरुङ ‘न्युज डटकम’ वर्ष पुस्तक लोकार्पण कार्यक्रम आयोजना गरिएको थियो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पुरस्कृत पत्रकारहरुलाई नगद पुरस्कार र ताम्रपत्र प्रदान गरे । 

पूर्वप्रधानसेनापति ‘छत्रमानसिंह–कमला गुरुङ’ पत्रकारिता पुरस्कारबाट देवराज गुरुङ (गुरुङ तर्फ) र पूर्वप्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्कारबाट फोटो पत्रकार वर्षा शाह (गैर गुरुङतर्फ)ले जनही रु २०/२० हजार पुरस्कार प्राप्त गरे । 


त्यसैगरी ‘आदिकवि हर्कबहादुर गुरुङ स्मृति’ पत्रकारिता पुरस्कार पर्वतकी शीला गुरुङ र लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कार म्याग्दीका गणेश गुरुङ (सुरेन) र भद्रकुमारी घले पत्रकारिता प्रोत्साहन पुरस्कार कास्कीकी अपेक्षा गुरुङले प्राप्त गरे । उनीहरु तीनै जनाले रु १०/१० हजार  नगद प्राप्त गरे । तमू ल्होसार मूल आयोजक पत्रकारिता पुरस्कार बुटवलकी निरु गुरुङले नगद रु १२ हजार प्राप्त गरिन् । 


Author

थप समाचार
x